सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

हिमाल प्रेस २० पुष २०७९ १५:१४
28
SHARES
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता तस्बिर- प्रदीपराज वन्त/रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ। माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भेटका लागि नेपाललाई सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालय बोलाएका हुन्। आजमात्रै नेपालले प्रचण्डको अनुहार हेरेरमात्रै सरकारलाई समर्थन गर्न नसक्ने बताएका थिए। एमालेसँग गठबन्धन गरेर सरकार निर्माण गर्दा थाहापत्तै नदिएको भन्दै नेपाल रुष्ट छन्।

प्रचण्ड भने एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउने मनासायमा छन्। एमाले भने एकीकृत समाजवादीलाई एमालेसँग एकता गर्ने रणनीतिमा छ। एमालेले सोहीअनुसार छलफल पनि गरिरहेको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने संसद्को कार्यसूची छ। त्यसअघि एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउने उनको तयारी छ।

प्रकाशित: २० पुष २०७९ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =