इलाममा मञ्चन हुँदै ‘महाभारा’

हिमाल प्रेस २० पुष २०७९ ११:५०
10
SHARES
इलाममा मञ्चन हुँदै ‘महाभारा’

काठमाडौँ- आजदेखि इलाममा नाटक ‘महाभारा’को मञ्चन सुरु भएको छ। चेतना नाट्य समूहले पत्रकार तथा लेखक बसन्त बस्नेतको उपन्यास ‘महाभारा’लाई नाट्य रूपान्तरण गरेर नाटक मञ्चन गरिरहेको छ।

लेखक बसन्त बस्‍नेत यो आफ्ना लागि ‘सरप्राइज’ भएको बताएका छन्। ‘एउटा सरप्राइज भइदियो मेरा लागि यो,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘महाभारा उपन्यास लेख्दा मैले कुनै दिन यसमा नाटक बन्न सक्ला भन्ने सोचेको थिइनँ।’

अभिनेता, निर्देशक तथा लेखक खगेन्द्र लामिछानेले उपन्यासलाई नाटकमा रूपान्तरण गर्ने यस्ता प्रयासले साहित्य र नाटकको विकासमा योगदान पुर्याउने बताएका छन्।

‘उपन्यासलाई नाट्य रूपान्तरण गरेर नाटक मञ्चन गर्ने चलन बढिरहेको छ,’ उनले भने, ‘महाभारा उपन्यासलाई पनि नाट्य रूपान्तरण गरी मञ्चन गरिँदै छ। काठमाडौँबाहिर पनि सुरु भएका यस्ता प्रयासले समग्र रूपमा साहित्य र नाटकको विकासमा योगदान दिन्छन भन्ने मलाई विश्वास छ।’

‘महाभारा’को नाट्य रूपान्तरण अन्वेश राई थुलुङले गरेका हुन् भने नाटकमा निर्देशन पनि उनकै रहेको छ। नाटक  इलामको नारी विकासको सभाहलमा नाटक पुस २० देखि ३० सम्म मञ्चन हुनेछ।

यसअघि नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’को नाट्य रूपान्तरण भई नाटक मञ्चन भइसकेको छ। सो उपन्यासको नाट्य रूपान्तरण सुरज सुवेदीले गरेका थिए। किताबजस्तै नाटक ‘पल्पसा क्याफे’ पनि त्यति नै चर्चा पाएको थियो। नाटक काठमाडौँमा मञ्चन भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =