सामसङ वासिङ मेसिन र रेफ्रिजेरेटरमा २० वर्ष वारेन्टी

हिमाल प्रेस १९ पुष २०७९ १६:३८
4
SHARES
सामसङ वासिङ मेसिन र रेफ्रिजेरेटरमा २० वर्ष वारेन्टी

काठमाडौँ– इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले वासिङ मेसिनमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजको डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्ष वारेन्टी दिने भएको छ।

सामसङको यो पहलले आफ्ना उत्पादनको विश्वसनीयता र टिकाउपनलाई अझ मजबुत बनाएर ग्राहकको मन जित्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार यसले ई-वेस्ट न्यूनीकरण गर्ने र उपभोक्तालाई उच्च गुणस्तरीय तथा टिकाउ उपकरण प्रदान गर्न सघाउ पुर्‍याउने छ।

डिजिटल इन्भर्टर टेक्नोलोजीले ऊर्जा दक्षता र कार्यसम्पादनमा फ्रिज र वासिङ मेसिनजस्ता ठूला उपकरणहरू लामो समयसम्म टिक्नेलगायत धेरै कुरामा प्रभाव पार्छ।

डिजिटल इन्भर्टर मोटरमा बलियो चुम्बक प्रयोग भएको हुन्छ। जसले गर्दा मेसिनलाई भाइब्रेट हुनबाट यसले सञ्चालन खर्चलाई समेत नियन्त्रण गर्छ।

प्रकाशित: १९ पुष २०७९ १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + two =