आले र राईको प्रतिनिधिसभा सदस्यको शपथ आज

हिमाल प्रेस १९ पुष २०७९ १२:०७
8
SHARES
आले र राईको प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ- प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईको शपथ आज हुने भएको छ ।

आले र राईको शपथग्रहण मंगलबार दिउँसो साढे १२ बजे सिंहदरबारमा हुने संघीय संसद् सचिवालयले जनाएको छ।

गत पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा आले र राई छुटेका थिए। आले पारिवारिक शोक र राई अस्पताल भर्ना भएकाले पुस ७ गते शपथ लिन सकेका थिएनन्। उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउनेछन् । आले एकीकृत समाजवादी र माया नेपाली का‌ंग्रेसका सांसद हुन्।

प्रकाशित: १९ पुष २०७९ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =