पूर्वराज्यमन्त्री रामवीर मानन्धर प्रभु साहको पार्टीमा

हिमाल प्रेस १९ पुष २०७९ ११:५३
10
SHARES
पूर्वराज्यमन्त्री रामवीर मानन्धर प्रभु साहको पार्टीमा

काठमाडौँ- नेकपा एमालेका पूर्वनेता तथा पूर्वसहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन्।

लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको हो।

मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रूपमा मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढने आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए।

२०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए ।

प्रकाशित: १९ पुष २०७९ ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =