प्रधानमन्त्रीले आज निर्देशनात्मक सम्बोधन गर्ने

हिमाल प्रेस १९ पुष २०७९ ६:५६
2
SHARE
प्रधानमन्त्रीले आज निर्देशनात्मक सम्बोधन गर्ने फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मंगलबार आवश्यक निर्देशनात्मक सम्बोधन गर्ने तय भएको जानकारी दिए ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए । पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए ।

 

प्रकाशित: १९ पुष २०७९ ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =