प्रधानमन्त्री, मन्त्री र आयोगका पदाधिकारीबीच भेट : राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे छलफल

हिमाल प्रेस १८ पुष २०७९ १४:५७
6
SHARES
प्रधानमन्त्री, मन्त्री र आयोगका पदाधिकारीबीच भेट : राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे छलफल

काठमाडौँ- प्रधानमन्त्री, मन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी निर्वाचनको विषयमा छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भेटवार्ता गरेका हुन्।

भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सदस्य खिमलाल भट्टराईको राजीनामा असोज २३ गते नै स्वीकृत भई रिक्त पदको उपनिर्वाचन गर्ने, फागुनमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा छलफल गरेको आयोगले जनाएको छ।

वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि फागुन २८ गते सकिँदैछ। संविधानअनुसार राष्ट्रपतिको निर्वाचन भएको १५ दिनभित्र उपराष्ट्रपतिको निर्वाचन गराउनुपर्नेछ।

त्यस्तै निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित एकीकृत निर्वाचन कानुनको मस्यौदाबारे जानकारी गराएको जनाएको छ।

प्रकाशित: १८ पुष २०७९ १४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =