नेपाल टि२० लिग : काठमाडौँले पोखरालाई दियो १६५ रनको लक्ष्य

हिमाल प्रेस १८ पुष २०७९ १०:३७
8
SHARES
नेपाल टि२० लिग : काठमाडौँले पोखरालाई दियो १६५ रनको लक्ष्य

काठमाडौँ- एलेक्स ब्लेकले २८ बलमा ६४ रन बनाएपछि काठमाडौँ नाइट्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई १६५ रनको लक्ष्य दिएको छ। ब्लेकको अर्धशतकको सहयोगमा काठमाडौँले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा मध्यम योगफल तयार पारेको हो।

त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार बिहान टस हारेर ब्याटिङ गरेको काठमाडौँले बलियो सुरुवात गरेको थियो। ओपनर विरनदीप सिंह र सुनम गौतमले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए। मलेसियाका विरनदीपले ३८ बल सामना गर्दा ३२ रन बनाए भने सुनमको नाममा ४५ रन रह्यो।

लिगमा चौथो जितको खोजीमा रहेको काठमाडौँका लागि रायन बर्ल र लोकेश बम क्रमशः १० र चार रनमा अविजित रहे।

६ टिम सम्मिलित लिगको चौथो स्थानमा रहेको पोखराका लागि तुल थापाले १७ रन खर्चिएर दुई विकेट लिए। उनकै बलमा सुनम र आज्मतुल्लाह ओमरजाई आउट भएका थिए। त्यसैगरी प्रतिस जीसी र कुशल मल्लले एक–एक विकेट हात पारे।

प्रकाशित: १८ पुष २०७९ १०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =