अत्यधिक चिसो बढेपछि कञ्‍चनपुरमा विद्यालय बन्द

हिमाल प्रेस १७ पुष २०७९ १८:३३
4
SHARES
अत्यधिक चिसो बढेपछि कञ्‍चनपुरमा विद्यालय बन्द

कञ्चनपुर– कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन्। पछिल्लो सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको वेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो।

‘अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो,’ नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भनिन्, ‘त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको हो।’

उनका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन्। चिसोका कारण विद्यार्थीलाई विद्यालय आउन समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदा माग गरेको थियो।

प्रकाशित: १७ पुष २०७९ १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast