यस्तो छ कांग्रेस संसदीय दलको निर्वाचन कार्यक्रम

हिमाल प्रेस ४ पुष २०७९ १४:३४
6
SHARES
यस्तो छ कांग्रेस संसदीय दलको निर्वाचन कार्यक्रम

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दल निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेले सोमबार कार्यक्रम सार्वजनिक गरेका हुन्। कार्यक्रमअनुसार ४ गते (आज) दिउँसो २ बजे मतदाता नामावली प्रकाशन हुनेछ।

यस्तै मतदाता नामावली उपर दाबी विरोध ४ गते दिउँसो ३ बजेसम्म गर्न पाइने कार्यक्रम छ। मतदाताको अन्तिम नामावली प्रकाशन ४ गते दिउँसो ४ बजे गरिनेछ भने उम्मेदवारका लागि पुस ५ गते बिहान ८ देखि १० बजेसम्म दरखास्त दिन पाइनेछ। यस्तै मतदान पुस ६ गते बिहान ८ देखि १० बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ।

प्रकाशित: ४ पुष २०७९ १४:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =