यसकारण गरिन् दीपिकाले फिफा विश्वकप ट्रफीको अनावरण

हिमाल प्रेस ४ पुष २०७९ १३:३५
22
SHARES
यसकारण गरिन् दीपिकाले फिफा विश्वकप ट्रफीको अनावरण

काठमाडौँ- भारतीय अभिनेत्री दीपिका पादुकोणले ‘फिफा विश्वकप २०२२’को समापन समारोहमा ट्रफीको अनावरण गरिन्। ट्रफी अनावरण गर्दा उनीसँग थिए, पूर्व स्पेनिस गोलकिपर इकर क्यासिलस।

आइतबार भएको फाइनल खेलमा ट्रफी अनावरण गर्ने मौका दीपिकालाई किन दिइयो? भन्ने जिज्ञासा धेरैलाई छ। फुटबल खेलसँग कुनै सम्बन्ध नै नभएकी अभिनेत्रीले सो अवसर पाउँदा धेरैलाई खुलदुली भएको छ।

ट्रफी अनावरणमा दीपिका जोडिनुको मुख्य कारण हो, अन्तर्राष्ट्रिय ब्रान्ड लुइस भिटन। ट्रफीको केस यही ब्रान्डले बनाएको हो। दीपिका लुइस भिटनकी ब्रान्ड एम्बेसडर हुन्। त्यसैले उनले ट्रफीको अनावरण गर्ने मौका पाएकी हुन्।

यी बलिउड अभिनेत्रीले हलिउड फिल्ममा समेत काम गरेकी छन्। टाइम म्यागजिनमा दुईपटक उनको नाम दरिइसकेको छ। २०२२ को ‘कान्स फिल्म फेस्टिभल’ मा उनी निर्णायक मण्डलमा थिइन्।

चाँडै दीपिका हिन्दी फिल्म ‘पठान’मा देखिनेछिन्। जनवरी २०२३ मा प्रदर्शनमा आउने फिल्ममा उनले अभिनेता शाहरुख खान र जोन अब्राह्मसँग काम गरेकी छन्।

फिल्मकै कारण उनी विवादमा पनि मुछिएकी छन्। केही दिनअघि फिल्मको ‘बेशरम’ गीत रिलिज भएको थियो। गीतमा उनले लगाएको बिकिनीको रङका कारण अभिनेत्रीसहित फिल्म नै विवादमा तानिएको हो।

प्रकाशित: ४ पुष २०७९ १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 19 =