‘पठान’ ट्रेलर : आक्रमणबाट देशलाई बचाउँदै पठान

हिमाल प्रेस २६ पुष २०७९ १२:३८
12
SHARES

काठमाडौँ- शाहरुख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ को ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट ३४ सेकेन्ड लामो ट्रेलरको सुरुवातमा अभिनेता जोन अब्राह्मलाई देख्न सकिन्छ।

ट्रेलरअनुसार उनी ‘आउटफिट एक्स’ आतंकवादी समूहका सदस्य हुन्। जसले भारतमाथि आक्रमण गर्ने तयारी गरिरहेको छ।

ट्रेलरमा अभिनेत्री डिम्पल कपाडिया पनि देखिएकी छन्। फिल्ममा शाहरुख खान ‘रअ’का एजेन्ट बनेका छन्। जो देशको रक्षाका लागि ज्यानका बाजी थापिरहेको छ। उनलाई दीपिका पादुकोणले साथ दिइरहेकी छन्।

गीतका कारण फिल्म केही समययता विवादमा परेको छ। फिल्मविरुद्ध भारतमा विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेका छन्। बजरंग दल र विश्व हिन्दू परिषद्का सदस्यले सिनेमा हलका सञ्चालकहरूलाई फिल्म प्रदर्शन नगर्ने धम्की दिएका छन्।

डिसेम्बर १२ फिल्मको गीत ‘बेशर्म रङ’ सार्वजनिक भएको थियो। त्यसमा दीपिकाले लगाएको पहिरनको रङका कारण फिल्म विवादमा परेको हो।

फिल्ममा सलमान खान पनि अतिथि भूमिकामा रहेका छन्। फिल्म जनवरी २५ मा प्रदर्शनमा आउनेछ। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा पनि प्रदर्शनमा आउनेछ।

प्रकाशित: २६ पुष २०७९ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =