अस्कर अवार्डमा प्रस्तोता बन्दै दीपिका पादुकोण

हिमाल प्रेस १९ फागुन २०७९ १४:४५
6
SHARES
अस्कर अवार्डमा प्रस्तोता बन्दै दीपिका पादुकोण

काठमाडौँ- बलिउड अभिनेत्री दीपिका पादुकोण अस्कर अवार्ड-२०२३ सँग जोडिएकी छन्। मार्च १३ मा हुने अस्कर अवार्ड समारोहमा उनी प्रस्तोता बन्नेछिन्।

अभिनेत्रीले इन्स्टाग्राम अकाउन्टमा आफ्ना प्रशंसकसँग सो जानकारी साझा गरेकी हुन्। ड्वेन जोनसन, माइकल बी जोर्डन, जेनिफर कोनली, स्याम्युल एल ज्याक्सनलगायतसँग आफू पनि प्रस्तोता उनले बताएकी छन्।

दीपिका अभिनीत फिल्म ‘पठान’ भारतका सिनेमा हलमा प्रदर्शनरत छ। फिल्म प्रदर्शनमा आउनुअघि विवादमा तानिएको थियो। अभिनेत्रीले लगाएको विकिनीको रङका कारण फिल्मसँगै दीपिका पनि विवादमा परेकी थिइन्। विवादमा परे पनि फिल्म भने ब्लक बस्टर भएको छ।  व्यावसायिक रूपमा सफल भएको छ।

यस वर्षको अस्कर अवार्डमा भारतका तर्फबाट गुजराती फिल्म ‘छेल्लो शो’ र दक्षिण भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ मनोनयनमा परेका छन्। साथै दुइटा वृत्तचित्र ‘अल देट ब्रिथ्स’ र ‘द एलिफेन्ट विस्पर’ पनि मनोनयमा परेका छन्।

प्रकाशित: १९ फागुन २०७९ १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =