विरोधपछि रोकिएको धरहरा पुनःनिर्माण अझै अघि बढेन

हिमाल प्रेस ३ पुष २०७९ १७:२०
8
SHARES
विरोधपछि रोकिएको धरहरा पुनःनिर्माण अझै अघि बढेन धरहरा पुनर्निर्माणका क्रममा सुन्धाराको धारा हटाएर खनिएको पोखरी।

काठमाडौँ– एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन। धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले ०७९ मंसिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका थिए।

कामपा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने भनेर स्थानीयसँग छलफल भइरहेको तर निष्कर्षमा नपुगेकाले काम सुरु हुन नसकेको जानकारी दिए। ‘दैनिक रूपमा अवलोकन गर्नेगरी समिति बनाउनेबारे छलफल भइरहेको र समितिलाई एक-दुई दिनमा पूर्णता दिएर निमार्णको काम अघि बढ्छ,’ उनले भने।

मौलिक कला, संस्कृतिको नमुनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने उनले बताए। ऐतिहासिक सुन्धाराको संरचना जोगाउनकै लागि पहलकदमी अघि बढाएको उल्लेख गरे।

ऐतिहासिक महत्त्व बोकेको सुन्धारामा पानी पठाउने (काठको लामो पाइप) नष्ट गरी उक्त स्थानमा निर्माण कम्पनीले डोजर लगाएर १ लाख लिटर पानी अट्ने ट्यांकी निर्माण गर्ने तयारी गरेपछि धरहरा पुनःनिर्माणको बाँकी काम रोकिएको हो।

भूकम्पले ढलेको धरहरा पुनःनिर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा ०७५ पुस १२ गते उद्घाटन गरेका थिए। ४२ रोपनी क्षेत्रफलमा निर्माण गरिएको धरहराभित्र २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ।

धरहरा टावरको पुनः निर्माण सम्पन्न भएको भन्दै ०७८ साल वैशाख ११ गते नै उद्घाटन गरिएको थियो । उद्घाटन भएको डेढ वर्ष बितिसक्दासम्म अन्य निर्माणको काम सम्पन्न हुन सकेको छैन।

प्रकाशित: ३ पुष २०७९ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =