कांग्रेसको संसदीय दलको निर्वाचनका लागि बन्यो तीन सदस्यीय समिति

हिमाल प्रेस ३ पुष २०७९ १६:३७
338
SHARES
कांग्रेसको संसदीय दलको निर्वाचनका लागि बन्यो तीन सदस्यीय समिति

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भिष्मराज आङ्देम्बेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो। समितिको सदस्यमा पार्टी केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली छन्।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार आइतबारको बैठकले कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि गठबन्धन दलसँग छलफल गर्ने निर्णय पनि गरेको छ। मंगलबारसम्म निर्वाचन हुने उनले बताए।

‘स्थानीय तहमा पनि हामी ठूलो पार्टी बन्यौँ। प्रतिनिधिसभामा पनि हामी ठूलो पार्टी हौँ। नेपाली कांग्रेस पार्टीले नेपालको संविधानको व्यवस्था बमोजिम कांग्रेसले सरकारको दाबी स्वभाविक हुन्छ,’ उनले भने।

उनले प्रदेशसभामा पनि दलको नेता चयनका लागि पार्टीको विधानमा भएको व्यवस्थाअनुसार प्रदेश कार्यसमितिलाई निर्देशन दिने निर्णय पनि गरेको जानकारी दिए। महतका अनुसार सातै प्रदेशमा नेपाली कांग्रेसमा नेतृत्वमा सरकार बनाउने या समर्थन जे उपलब्ध हुन्छ त्यसैलाई मध्यनजर गर्दै सरकार गठन प्रक्रियामा अघि बढ्ने पनि निर्णय भएको छ।

संसदीय दलको नेता सर्वसम्मतीको लागि छलफल हुने उनको भनाइ छ।’सर्वसम्मती नेतृत्व चयन होस्। संसद्‌मा पार्टीको बहुमत छैन। अन्य दलको सहयोगमा सरकार बनाउने कसरत गर्नुपर्छ। पार्टीभित्र बाहिर सबैले स्वीकार गर्ने नेतृत्वको आवश्यक पर्छ। यसो भए पार्टीको पक्षमा कोसिस पनि हुन्छ। यद्यपी निर्वाचन प्रक्रिया पनि हुन्छ,’ उनले भने, ‘शेरबहादुर देउवाकै नेतृत्वमा सर्वसम्मत भए राम्रो।’

प्रकाशित: ३ पुष २०७९ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =