तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी क्षेत्रमा हिमपात

हिमाल प्रेस ३ पुष २०७९ ७:१९
8
SHARES
तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी क्षेत्रमा हिमपात चिसो बढ्दै गएपछि पर्साको उदयपुरघुर्मीमा आगो ताप्दै स्थानीयवासी। फाइल तस्बिरः रासस

काठमाडौँ– अहिले तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो लागेको छ। उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना छ। त्यस्तै प्रदेश १ र गण्डकीका पहाडी भूभागका केही ठाउामा हल्का वर्षाको सम्भावना छ।

देशभरको तापक्रम क्रमिक रूपमा घट्दै गइरहेकाले चिसोबाट जोगिनका लागि आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नेपालमा अहिले भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

प्रकाशित: ३ पुष २०७९ ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 10 =