इस्लिङ्टन कलेजका ९२९ जना विद्यार्थी दीक्षित

हिमाल प्रेस २६ मंसिर २०७९ १३:१७
4
SHARES
इस्लिङ्टन कलेजका ९२९ जना विद्यार्थी दीक्षित

काठमाडौँ- इस्लिङ्टन कलेज स्नातक र स्नातकोत्तर तहका ९२९ जना विद्यार्थी दीक्षित भएका छन्।

शनिबार र आइतबार गरी दुई दिन सञ्चालन भएको दीक्षान्त समारोहमा स्नातक तहअन्तर्गत बीएससी कम्प्युटिङ, नेटवर्किङ एण्ड आईटी सेक्युरिटी, बिजनेश एडमिनिस्ट्रेसन र मल्टिमिडिया टेक्नोलोजी विषय उत्तीर्ण गरेका ८५७ जना र स्नातकोत्तर तहअन्तर्गत एमएससी आईटी एण्ड एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दीक्षित भएका हुन्।

समारोहमा बिजनेस विषयमा स्नातक तह उत्तीर्ण गर्ने ९४ र आईटी तह पूरा गर्ने ८३५ विद्यार्थी गरी जम्मा ९२९ विद्यार्थीलाई दीक्षित गरिएको थियो।

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इस्लिङ्टन कलेज इनोभेट नेपाल ग्रुपद्वरा सञ्चालित कलेज हो। दीक्षान्त समारोहमा विश्वविद्यालयका उप-कुलपति ( एकेडेमिक) प्रोफेसर जुली हलले विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरेकी थिइन्।

दीक्षान्त समारोहमा बोल्दै आईएनजी ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित यस कलेजबाट उत्तीर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको बताए।

प्रकाशित: २६ मंसिर २०७९ १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =