आरजु राइस मिलले तोक्यो चैते धानको समर्थन मूल्य

हिमाल प्रेस २३ मंसिर २०७९ १५:००
18
SHARES
आरजु राइस मिलले तोक्यो चैते धानको समर्थन मूल्य

काठमाडौँ– आरजु राइस मिलले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिमन ९०० रुपैयाँ तोकेको छ। स्थानीय किसान, प्रदेश र स्थानीय तहका पदाधिकारीको उपस्थितिमा मोरङमा रहेको आरजु राइस मिलले मूल्य तय गरेको हो। जसअनुसार धानमा ‘नमी’ को मात्रा २५ प्रतिशत हुनुपर्नेछ।

मिलले धान ल्याएको दुई दिनभित्रै बैंकिङ प्रणालीबाट किसानको बैंक खातामा रकम जम्मा गर्ने प्रतिबद्धता पनि जनाएको छ। मिलका अनुसार यसले किसानको बैंकमा ‘क्रेडिट रेटिङ’ बढाउनुको साथै खेतीपातीका लागि चाहिने चालु पुँजीको जोहो गर्न पनि सजिलो बनाउनेछ ।
आरजु राइस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपालमै उत्पादन भएको धान मात्रै प्रयोग गर्ने जानकारी गराए।

‘अर्बौंको खाद्यान्न आयातलाई हामीले नै निरुत्साहित गर्ने हो,’ उनले भने, ‘यसले गर्दा नेपाली किसानले उचित मूल्य त पाउने नै छन्, राज्यको व्यापार घाटासमेत कम हुनेछ।’

अहिले धेरैजसो किसानले मोटो चामलको उत्पादन र उपभोक्ताले मसिनो तथा लङग्रेन चामल खानामा प्रयोग गर्दा बजारको बेमेल देखिएको छ। आरजु राइस मिलले किसानलाई उपभोक्ताको रोजाइअनुसार धानबाली लगाउन आग्रहसमेत गरेको छ।

प्रकाशित: २३ मंसिर २०७९ १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 11 =