आइएमईको दसैँ योजनाका विजेताले जिते १० लाख

हिमाल प्रेस २२ मंसिर २०७९ १२:२४
6
SHARES
आइएमईको दसैँ योजनाका विजेताले जिते १० लाख

काठमाडौँ- आइएमईले दसैँ, तिहारजस्ता चाडपर्वको अवसरमा ल्याएको योजनाको नतिजा सार्वजनिक गरेको छ। ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक योजनामा मेखलाल तामाङ विजेता बनेका छन्।

विजेता तामाङले मलेसियाबाट आइएमईमार्फत् १४ हजार ५० रुपैयाँ पठाउँदा १० लाख नगद उपहार पाएका छन्। बुधबार पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्राण्ड एम्ब्यासडर दीपकराज गिरीले संयुक्त रूपमा सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले समयसमयमा ल्याउँदै आएको सेवाग्राहीमुखी योजनाले रेमिट्यान्स आप्रवाह बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। आइएमईको दसैँ योजना भदौ १६ गतेदेखि कात्तिक १६ सम्म ६३ दिन चलेको थियो।

योजनाअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एक जनालाई सामसङ मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार उपहार दिइएको थियो। त्यस्तै अन्त्यमा बम्पर उपहारमा एक जनाले १० लाख उपहार पाएका छन्।

प्रकाशित: २२ मंसिर २०७९ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =