अव्यवस्थित तार व्यवस्थापनका लागि सांसद पौडेलले थाले पहलः प्राधिकरण प्रमुख घिसिङसँग छलफल

हिमाल प्रेस २१ मंसिर २०७९ १९:२६
18
SHARES
अव्यवस्थित तार व्यवस्थापनका लागि सांसद पौडेलले थाले पहलः प्राधिकरण प्रमुख घिसिङसँग छलफल

काठमाडौँ- काठमाडौं ५ बाट निर्वाचित सांसद तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अव्यवस्थित विद्युतीय तार व्यवस्थापनका लागि पहल सुरु गरेका छन्। यसका लागि बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन्।

पौडेलले प्राधिकरणमा पुगेर प्राधिकरण प्रमुख घिसिङसँग छलफल काठमाडौँ- ५ सहित उपत्यकामा रहेको विद्युतिय तारको समस्या हल गर्न आग्रह गरे। भेटमा उनले सबै सडकका पोललाई यथासक्य चाँडो प्रतिस्थापन गरी भूमिगत गर्न, प्रतिस्थापन भएका ठाउँमा सडकमा पारिएका खाल्डा पूर्न र सम्पूर्ण नांगो तारलाई कालो तारले प्रतिस्थापन गर्न आग्रह गरेका थिए।

जवाफमा निर्देशक कुलमान घिसिङले कतिपय स्थानमा काम भईरहेको र कतिपय स्थानमा काम गर्न अवरोध सिर्जना भएको जानकारी गराए। मुख्य सडक क्षेत्रमा काम भइरहेको र भित्री सडकहरूमा साँघुरो बाटो र ढल एकै ठाउँमा भएका कारण काम गर्न अफ्ठयारो रहेको उनको भनाइ थियो । तर, तीन वर्षभित्रमा यस् काम सम्पन्न हुने घिसिङको भनाइ थियो।

निर्देशक घिसिङले समस्या हल गर्न काठमाडौँमा २० वटा सवस्टेशन निर्माण गर्ने जसअन्तर्गत टोखा नगरपालिकामा पनि एउटा स्टेसन निर्माण हुने जानकारी गराएका थिए।

प्रकाशित: २१ मंसिर २०७९ १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 17 =