सरकारले भन्यो : जबराविरुद्धको महाअभियोग जीवितै छ

हिमाल प्रेस २१ मंसिर २०७९ १५:०९
34
SHARES
सरकारले भन्यो : जबराविरुद्धको महाअभियोग जीवितै छ

काठमाडौँ- सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग जीवित नै रहेको जनाएको छ। सरकार प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार पत्रकारहरूसँग महाअभियोग सार्वभौम संसद्को सम्पत्ति भएकाले जीवितै रहेको बताएका हुन्।

उनले आगामी प्रतिनिधिसभामा यस विषयमा छलफल भएर निर्णयमा पुग्ने बताए। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले भने, ‘महाअभियोगको सार्वभौम संसद्को सम्पत्ति हो। यसको छलफल अब आउने प्रतिनिधिसभामा हुन्छ।’

प्रकाशित: २१ मंसिर २०७९ १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =