प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार

हिमाल प्रेस २१ मंसिर २०७९ १४:४१
24
SHARES
प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार

गोरखा- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेस गरेका छन्।

दाहालले मंसिर ४ मा सम्पन्न निर्वाचनको समयमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। सवारी साधन खर्च, प्रचारप्रचार खर्च, सचिवालय व्यवस्थापन खर्चलगायतका शिर्षकमा खर्च भएको विवरण प्रचण्डले आफ्नो प्रतिनिधिको रुपमा भगवती भट्टमार्फत बुझाएका हुन्।

निर्वाचन कार्यालयका गोरखामा प्रमुख टेकबहादुर कोइरालाका अनुसार उम्मेदवारहरूले खर्च विवरण बुझाउनेक्रम जारी छ। गोरखामा प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि अधिकतम २९ लाख रुपैयाँ खर्च सीमा तोकिएको थियो।

गोरखामा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएकामध्ये ४९ जना उम्मेदवार थिए।

प्रकाशित: २१ मंसिर २०७९ १४:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nineteen =