लेडी गागाको कुकुर डुलाउनेमाथि आक्रमण : बन्दुकधारीलाई २१ वर्ष जेल

हिमाल प्रेस २१ मंसिर २०७९ ८:०४
2
SHARE
लेडी गागाको कुकुर डुलाउनेमाथि आक्रमण : बन्दुकधारीलाई २१ वर्ष जेल

न्युयोर्क- लेडी गागाको कुकुर डुलाउनेलाई गोली हानेर घाइते बनाउनेमध्येका एक व्यक्तिलाई २१ वर्षको जेल सजाय सुनाइएको छ। जेम्स हवार्ड ज्याक्सनलाई अदालतले उक्त सजाय सुनाएको हो। ज्याक्सन आक्रमणमा अभियोग लगाइएका पाँच जना मध्ये एक हुन्।

सन् २०२१ को फेब्रुवरी २४ मा लेडी गागाका तीन वट फ्रान्सेली बुलडगलाई डुलाउँदै गर्दा रायन फिसरलाई ज्याक्सनसहितको एउटा समूहले गोली हानेको थियो। आक्रमणकारीहरूले भागेर उनका दुई वटा कुकुरहरु कोजी र गुस्ताभ चोरेको थियो। तेस्रो बुलडग मिस एसिया पछि पुलिसले फेला पारेको थियो।

आक्रमणमा गम्भीर घाइते भएका फिसर बाँच्न भने सफल भएका थिए। गागाले ५ लाख डलर इनाम घोषणा गरेपछि कुकुर फिर्ता गरिएको थियो। फिसरले आक्रमणपछि आफ्नो फोक्सोको एक भाग हटाउनु परेको बताए। उनी सोमबारको अदालतको सुनुवाइमा उपस्थित भए। गोलीबारीले आफ्नो जीवन सधैंका लागि परिवर्तन गरेको बताए।

प्रकाशित: २१ मंसिर २०७९ ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =