स्पेनलाई हराउँदै मोरक्को विश्वकप फुटबलको क्वार्टरफाइनलमा

हिमाल प्रेस २१ मंसिर २०७९ ०:०३
12
SHARES
स्पेनलाई हराउँदै मोरक्को विश्वकप फुटबलको क्वार्टरफाइनलमा

काठमाडौँ- मोरक्को पहिलोपटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। स्पेनलाई टाइब्रेकरमा ३–० ले हराउँदै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक अन्तिम आठमा पुग्न सफल भएको हो।

निर्धारित र थप गरिएको समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो। टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरेका थिए भने स्पेनका खेलाडीले गोल गर्न सकेनन्।

छैटौँ पटक विश्वकप खेलिरहेको मोरोक्कोले सन् १९८६ मा प्रिक्वाटरफाइनलसम्मको यात्रा गरेको थियो। त्यसपछि मोरोक्कोले सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा स्कटल्यान्डलाई पराजित गरेको थियो।

मोरक्कोले अब क्वाटरफाइनलमा पोर्चुगल र स्विजरल्यान्डबीचको विजेतासँग खेल्नेछ।

उपाधिको बलियो दाबेदार मानिएको स्पेनलाई पराजित गरेको मोरक्कोले अघिल्लो यात्रा तय गरेको छ।  स्पेन लगातार दोस्रो पटक अन्तिम १६ बाटै बाहिरिएको छ। सन् २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ मा पनि रसियासँग पराजित भएको थियो।

प्रकाशित: २१ मंसिर २०७९ ०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + thirteen =