दैलेखमा सकेट बम फेला

हिमाल प्रेस २० मंसिर २०७९ १५:४४
8
SHARES
दैलेखमा सकेट बम फेला

सुर्खेत- दैलेखमा सकेट बम फेला परेको छ। दैलेख जिल्लाको गुराँस गाउँपालिका-१ खडकाबाडा नजिक घडेरी खन्ने क्रममा बम फेला परेको हो।

सोमबार बिहान साढे ९ बजेको समयमा खडकवाडास्थित रतनबहादुर महतले घर बनाउने घडेरी खन्ने क्रममा बम फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पुरानो शौचालयको सेफ्टी ट्यांकीभित्र सकेट बम फेला परेको हो। सो बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको थियो।

प्रकाशित: २० मंसिर २०७९ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 17 =