सानिमा बैंकले १८ जोडीलाई सौराहा घुमाउने

हिमाल प्रेस २० मंसिर २०७९ १५:१७
26
SHARES
सानिमा बैंकले १८ जोडीलाई सौराहा घुमाउने

काठमाडौँ- सानिमा बैंकले मंसिर २१ गते १८औँ वार्षिकोत्सव मनाउँदै छ। यस अवसरमा बैंकले मोबाइल बैंकिङ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत १८ जोडीले चितवनको सौराहा भ्रमणको अवसर पाउनेछन्।

भ्रमणका लागि योग्य हुन ग्राहकले मोबाइल बैंकिङबाट पाँचवटा कारोबार गर्नुपर्ने हुन्छ। उक्त कारोबारमा दुई सय रुपैयाँभन्दा बढी र कम्तीमा एउटा टपअप समावेश हुनुपर्नेछ।

मंसिर २१ मा सुरु भएको योजना पुस ९ गतेसम्म १८ दिनका लागि लागू हुनेछ। यो अवधिभर ग्राहकले सानिमा मोबाइल बैंकिङमार्फत् गरेका कारोबारलाई योजनामा समावेश गरिने जनाएको छ।

ग्राहकले मोबाइल बैंकिङ एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटी पेमेन्टलगायत कारोबार गर्न सक्नेछन्।

प्रकाशित: २० मंसिर २०७९ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =