सुपरमादीको खुल्यो आईपीओ

हिमाल प्रेस २० मंसिर २०७९ ९:३८
4
SHARES
सुपरमादीको खुल्यो आईपीओ

काठमाडौँ- सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ। कम्पनीले मंगलबारबाट पुस ५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ।

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ। यसको १५ प्रतिशत अर्थात् ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको छ।

कास्कीको विभिन्न गाउँपालिका तथा नगरका बासिन्दाले सेयर पाउने छन्। यसबाहेक कम्पनीले सर्वसाधारणका लागि २१ लाख कित्ता सेयर जारी गर्नेछ। यसको १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई छुट्याइएको छ।

कम्पनीको सेयरमा कम्तीमा १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ। कम्पनीले ८ अर्ब ३५ करोड अनुमानित लागतमा परियोजना विकास गरिरहेको छ। यसको प्रति मेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ।

प्रकाशित: २० मंसिर २०७९ ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eighteen =