रूसी कच्चा तेलको मूल्य घटाउने ईयूको निर्णय

हिमाल प्रेस १८ मंसिर २०७९ ६:१०
16
SHARES
रूसी कच्चा तेलको मूल्य घटाउने ईयूको निर्णय

काठमाडौँ– कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रूपमा भएको मूल्यवृद्धि रोक्न ईयूले सम्झौता गरेको जनाएको छ। युरोपेली संघ (ईयू) ले रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने सम्झौता गरेको हो।

रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न सो मूल्य निर्धारण गरिएको ईयूले बताएको छ। करिब १ वर्षदेखि रुसले युक्रेनमा जारी राखेको आक्रमणको विपक्षमा रहेको ईयूले पटक-पटक आग्रह गर्दा पनि रुस पछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दबाब दिएको ईयू सदस्य राष्ट्रहरूले जनाएका छन्।

ईयूको निर्णयलाई सबै सदस्य राष्ट्रहरूले अनुमोदन गरेपछि मात्र लागू हुनेछ। यो सम्झौताले पश्चिमी प्रतिबन्धहरूका लागि महत्त्वपूर्ण कदम मानिने छ।

प्रकाशित: १८ मंसिर २०७९ ६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =