मधेश मिडिया काउन्सिलका अध्यक्षको निधन

हिमाल प्रेस १७ मंसिर २०७९ १२:१६
28
SHARES
मधेश मिडिया काउन्सिलका अध्यक्षको निधन

जनकपुरधाम- मधेश प्रदेश मिडिया काउन्सीलका अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन लालबन्दीको पत्थरकोटामा रहेकै समयमा उनको निधन भएको हो। राति होलिडे रिसोर्टमा खाना खाएर सुतेका भट्टराईलाई आज बिहान मात्रै उनको खोजी गर्दा मृत्यु भएको बुझ्नमा आएको थियो। बिहान साधारणसभा सुरु हुनै लाग्दा उनको खोजी भएको थियो।

हातमा औषधि समेत रहेको र औषधिहरू समेत कोठामा छरिएको अवस्थामा त्यहा फेला परेको छ। कोठामा वान्ता भएको समेत पाइएको छ। भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय उपभापति समेत हुन्।

प्रकाशित: १७ मंसिर २०७९ १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =