बीएण्डबी अस्पतालले पत्रकारलाई उपचारमा १५ प्रतिशत छुट दिने

हिमाल प्रेस १७ मंसिर २०७९ ८:५३
14
SHARES
बीएण्डबी अस्पतालले पत्रकारलाई उपचारमा १५ प्रतिशत छुट दिने

काठमाडौँ- बीएण्डबी अस्पतालले पत्रकार महासंघमा आवद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुट दिने भएको छ । पत्रकार तथा पत्रकारसँग आश्रित परिवारलाई औषधि तथा उपचारमा छुट दिने सम्बन्धी सम्झौतापत्रमा बीएण्डबी अस्पताल र पत्रकार महासंघ ललितपुर शाखाबीच हस्ताक्षर भएको छ ।

शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता पत्रमा उल्लेख भए अनुसार अस्पतालले नेपाल पत्रकार महासंघमा आवद्ध देशभरका पत्रकार र आश्रित परिवारलाई औषधि र उपचारमा १५ प्रतिशत छुट दिने भएको छ। हाल महासंघमा देशभरका १३ हजार पत्रकार आवद्ध छन्।

यो सम्झौता शुक्रबारबाट २४ महिनासम्म लागु हुनेछ। पत्रकार तथा पत्रकारसँग आश्रित परिवारका ६ जनासम्मलाई १५ लाखसम्मको उपचारमा उपचारका लागि १५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालका प्रमुख प्रशासक भट्टराईले बताए।

प्रकाशित: १७ मंसिर २०७९ ८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =