आइएमई बन्यो पब्लिक कम्पनी, आईपीओ जारी गर्ने

हिमाल प्रेस १६ मंसिर २०७९ १७:५१
394
SHARES
आइएमई बन्यो पब्लिक कम्पनी, आईपीओ जारी गर्ने

काठमाडौँ– रेमिट्यान्स कम्पनी आइएमई पब्लिक लिमिटेडमा रूपान्तरण भएको छ।

आइएमईको २२औँ साधारणसभाले कम्पनीलाई पब्लिक लिमिटेडमा लैजाने र आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो।

योसँगै आइएमई नेपालको पहिलो पब्लिक रेमिट्यान्स कम्पनी बन्ने भएको छ। आइएमईले सर्वसाधारणका लागि सेयर निष्काशन गर्न तत्काल बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिने जनाएको छ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आमसेवाग्राहीबीच आईपीओसहित पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको रूपमा आउन पाउँदा खुसी लागेको बताए।

ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले कम्पनीको यो निर्णयले आइएमईलाई थप प्रतिस्पर्धी, ऊर्जाशील र व्यावसायिक बनाउने उल्लेख गरे।

२२ वर्षको अवधिमा आइएमईको विश्वव्यापी पहुँच स्थापना भएको छ। यसले करिब दुई सय देश तथा स्वशासित क्षेत्रबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ।

कम्पनीले २३० आइएमई सेन्टरसहित ७७ जिल्लामा भएका ३५ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिँदै आएको छ।

आइएमईले राज्यलाई सबैभन्दा बढी कर तिरेबापत् लगातार तीन पटकसम्म नेपाल सरकारबाट सीआईपी सम्मानसमेत पाएको छ।

प्रकाशित: १६ मंसिर २०७९ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =