रेमिट्यान्सम्बन्धी चेतनाका लागि आइएमईको प्रभातफेरी

हिमाल प्रेस २८ जेठ २०८० १७:१९
2
SHARE
रेमिट्यान्सम्बन्धी चेतनाका लागि आइएमईको प्रभातफेरी

काठमाडौँ- आइएमई रेमिट्यान्स लिमिटेडले स्थापनाको २३औँ वर्षमा प्रवेश गरेको छ। सो अवसरमा कम्पनीले रेमिट्यान्ससम्बन्धी चेतना फैलाउने उद्देश्यले प्रभातफेरी आयोजना गरेको छ। ‘निरन्तर सहयात्रा विश्वासको’ नारासहित आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यलयबाट सुरु भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालय पुगेर समापन गरिएको थियो।

डिजिटल रेमिट्यान्सको प्रवर्द्धन तथा रेमिट्यान्स गर्दा औपचारिक माध्यमको प्रयोगसम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरी गरिएको कम्पनीको भनाइ छ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रबन्ध निर्देशक हेमराज ढकालको नेतृत्वमा गरिएको प्रभातफेरिमा सहभागीले ‘सुरक्षित रेमिटेन्स, सुरक्षित भविष्य’, ‘रेमिटेन्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौँ’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए।

प्रभातफेरीमा ४ जनाभन्दा बढी कर्मचारीको सभागिता रहेको कम्पनीले बताएको छ। प्रभातफेरीमा कलाकार तथा आइएमईका ब्राण्ड एम्बेसडर दिपकाराज गिरी र दिपाश्री निरौला पनि सहभागी थिए।

अध्यक्ष ढकालले आइएमईलाई सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने कम्पनी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका सेवाग्राही, नियामक निकाय तथा कर्मचारीप्रति कृतज्ञता व्यक्त गरे।

प्रकाशित: २८ जेठ २०८० १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fourteen =