एचआइभी संक्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

हिमाल प्रेस १६ मंसिर २०७९ १५:३८
6
SHARES
एचआइभी संक्रमित आमाबाट स्वस्थ बच्चाको जन्म सांकेतिक तस्बिर।

भरतपुर– भरतपुर अस्पतालमा १० महिनामा ६ जना एचआइभी संक्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन्।

नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआइभी संक्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले जानकारी दिएको छ। नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिन सकेमा संक्रमण नुहुने चिकित्सकको भनाइ छ।

शल्यक्रियामार्फत् जन्माइएका बच्चामा रोग सर्ने सम्भावना निकै कम रहेको भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा. सुनिल पोखरेलले बताए।

औषधि खाइरहेका आमाबाट बच्चामा रोग सर्ने सम्भावना अन्यको तुलनामा ९० प्रतिशत कम हुने उनले जानकारी दिए।

तर लामो व्यथा लागेर जन्मिएका बच्चामा रोग सर्ने सम्भावना बढी हुने उनको अनुभव छ।

एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) नेपालद्वारा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेक्ट्रो भाइरल थेरापी (एआटी) सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सेन्टरमा पछिल्लो १० महिनामा १३ हजार ८८ गर्भवतीको एचआइभी परीक्षण गरिएको छ।

जसमध्ये दुई जनामा संक्रमण देखिएको थियो।

सेन्टरमा चितवनसहित ११ जिल्लाका एचआइभी संक्रमित औषधि लिन आउने गरेका छन्।

तनहुँ, गोरखा, लमजुङ, मकवानपुर, नवलपुर, नवलपरासी, बारा, पर्सा र धादिङका संक्रमितले चितवनबाट औषधिसहितको उपचार लिँदै आएका छन्।

विशिष्ट खालको शल्यक्रिया, सुत्केरी र एमआरआइलगायतका उपचार सेवाका लागि यहाँ आउने गरेका छन्।

सापकोटाका अनुसार हाल एक हजार एक सय चार जना संक्रमितले औषधि सेवन गरिरहेका छन्।

जसमध्ये ४५ जना बालबालिका छन्। औषधि खानेमा ४५ दिनको शिशुदेखि ८५ वर्षका वृद्धसमेत छन्।

यौन व्यवसायी र तिनका ग्राहक, तेस्रोलिंगी, यौनिक अल्पसंख्यक, लागूऔषध प्रयोगकर्तामा संक्रमणको सम्भावना बढी देखिने गरेको अध्यायनहरूले देखाएका छन्।

प्रकाशित: १६ मंसिर २०७९ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =