हेलिकप्टर नपुग्दा २३ वर्षीय सुत्केरी अंशुको ज्यान गयो

हिमाल प्रेस २४ पुष २०८० १८:१२
56
SHARES
हेलिकप्टर नपुग्दा २३ वर्षीय सुत्केरी अंशुको ज्यान गयो

काठमाडौँ- हुम्लामा २३ वर्षीय सुत्केरी महिलाको मृत्यु भएको छ। समयमै हेलिकप्टर नपुग्दा हुम्लाको ताजाँकोट गाउँपालिका–५ की २३ वर्षीया अंशु बुढाको मृत्यु भएको हो। हवाई जहाज-हेलिकप्टर कुर्दा कुर्दै बाजुराको कोल्टी विमानस्थलमा उनको मृत्यु भयो।

गत पुस १२ गते सुत्केरी भएकी बुढाको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले थप उपचारका लागि मदना स्वास्थ्यचौकीमा लगेका थिए। सुत्केरी भएको ११ दिनपछि बुढाको स्वास्थ्यमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको ससुरा जितबहादुर बुढाले जानकारी दिए।

समयमै सरकारी निकायबीच समन्वय नहुँदा सुत्केरी भएको १३ दिनपछि रक्तश्राव भएर थलिएकी बुढाको समयमै उपचार हुन नसकेपछि ज्यान गएको हो। थप उपचारका लागि लैजान उनलाई आइतबार कोल्टी विमानस्थल पुर्‍याइएको थियो।

तर, समयमै जहाज नपुगेपछि उनको सोमबार मृत्यु भयो। दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्वार कार्यक्रम लागू भए पनि दुर्गमका बासिन्दाको पहुँचमा सहजै यो सेवा छैन।

प्रकाशित: २४ पुष २०८० १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =