सामाजिक कार्यमा महालक्ष्मी विकास बैंक

हिमाल प्रेस १६ मंसिर २०७९ १३:४९
98
SHARES
सामाजिक कार्यमा महालक्ष्मी विकास बैंक

काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशभर विभिन्न कार्यक्रम गरेको छ।

बैंकको काठमाडौँस्थित थापाथली शाखाद्वारा त्रिपुरेश्वरमा रहेको नेपाल दृृष्टिविहीन कल्याण संघमा अध्ययनरत बालबालिकाको १ हजार ८७५ थान ब्रेल पेपर हस्तान्तरण गरिएको छ। त्यस्तै कास्कीको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटकीय क्षेत्र विकास समितिलाई पञ्चमुखी गणेश मुर्ति स्थापनाको लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ।

महालक्ष्मीको ठूटीपिपल शाखाले श्री गंगा विशुन आधारभूत विद्यालयलमा बाल उद्यान बनाउन पिङ, ढिके पिङलगायत सामग्री हस्तान्तरण गरेको छ। बैंकको रुकुम शाखाले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई मिटिङ टेबुल सहयोग गरेको छ।

प्रकाशित: १६ मंसिर २०७९ १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =