एनआईबीएलले पायो बैंक अफ दि इएर अवार्ड

हिमाल प्रेस १६ मंसिर २०७९ १२:३१
4
SHARES
एनआईबीएलले पायो बैंक अफ दि इएर अवार्ड

काठमाडौँ- नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबी)ले ‘बैंक अफ द इयर, २०२२’ अवार्ड पाएको छ। बेलायती पत्रिका बैंकरले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै एनआईबीएललाई उक्त अवार्ड दिएको हो।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बिहीबार बेलायतको लण्डनमा आयोजित समारोहमा अवार्ड ग्रहण गरेका छन्। एनआईबीएलले बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक हो। बैंकले युरोमनीबाट ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ को अवार्ड पनि पाएको छ। एनआईबीएलले ग्रामीण जनसंख्यालाई बैंकिङ् पहुँचमा ल्याउन महत्त्वपूर्ण भूमिका निभाएको छ।

यसका लागि बैंकिङ सशक्तीकरण गर्दै वित्तीय सचेतना र तालिम कार्यक्रम पनि प्रदान गर्दै आएको छ। एनआईबीएलले ८८ शाखा, १३३ एटीएम, २२ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ६० ग्रामीण शाखारहित बैंकिङ काउन्टरबाट १० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

प्रकाशित: १६ मंसिर २०७९ १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 18 =