आँधीखोला जलविहारमा निफ्राले ४५ करोड लगानी गर्दै

हिमाल प्रेस १५ मंसिर २०७९ १३:३६
12
SHARES
आँधीखोला जलविहारमा निफ्राले ४५ करोड लगानी गर्दै
 स्याङ्जा- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजनामा लगानी गर्ने भएको छ।  यसका लागि स्याङ्जाको वालिङ नगरपालिका र निफ्रबीच समझदारी भएको छ।
सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार वालिङ नगरपालिका वडा नं ८ र ९ मा रहेको खेलमैदान नजिकै एउटा बाँध त्यस्तै वडा नं. ६ र ९ मजुवामा अर्को एक गरी दुई वटा बाँध बनाएर जलाशय निर्माण गरिने छ।
यसका लागि ४५ करोड रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। आयोजना निर्माण सम्पन्न भएपछि नगरपालिकाले सञ्चालनको व्यवस्था गर्नेछ। नगरपालिकाले आँधीखोलामा जलविहार गर्न सकिने, कोरिडोरको सौन्दर्यकरणमा जोड दिने, जलाशयमा माछा पाल्ने र सीमान्तकृत अवस्थामा रहेको माझी जातीको पेसा व्यवसायको संरक्षण गर्ने जनाएको छ।
आँधीखोलाको वातावरणीय संरक्षण साथै पर्यटकीयस्थल बाहुनथानदेखि वालिङ बजार नजिकै जिपलाइन निर्माण गर्ने पनि नगरपालिकाले जनाएको छ।
प्रकाशित: १५ मंसिर २०७९ १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =