चीन विश्वसँग घनिष्ठ रूपमा जोडिएको छ : राष्ट्रपति सी

अजय अलौकिक १६ पुष २०७९ २१:०८
10
SHARES
चीन विश्वसँग घनिष्ठ रूपमा जोडिएको छ : राष्ट्रपति सी चिनियाँ राष्ट्रपति सी चिनफिङ तस्बिर : रोयटर्स

बेइजिङ- पुस्तौँपुस्ताका चिनियाँको अथक प्रयासले वर्तमान चीनको सिर्जना भएको र वर्तमान चीनको समृद्ध हुने सपना निरन्तर रुपमा पूरा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङले बताएका छन्। सन् २०२३ नयाँ वर्षको पूर्वसन्ध्यामा देशवासी तथा चिनियाँ प्रवासी र विश्वलाई शुभकामना सन्देश दिँदै उनले यसो भनेका हुन्।

राष्ट्रपति सीले सन् २०२२ मा सफलताका साथ आयोजना भएको चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनले समाजवादी आधुनिक मुलुकको चौतर्फी रुपमा निर्माण गरी चिनियाँ शैलीको आधुनिकीकरणमार्फत चीन राष्ट्रको महान पुनःउत्थानसम्बन्धी महान् खाका बनाउनुका साथै नयाँ यात्राका लागि प्रयास गर्ने युगको घन्टी बजाएको पनि औँल्याए।

चीनले निरन्तर रुपमा विश्वको दोस्रो आर्थिक समुदायको स्थान कायम राख्दै स्थिरताका साथ आर्थिक विकास गरेको पनि उनले उल्लेख गरे। चालू वर्ष चीनको कूल गार्हस्थ उत्पादन मात्रा १२०० खर्ब चिनियाँ युआन नाघ्ने अनुमान छ।

साथै विश्वमा देखा परेको अन्नबालीको संकटका सामू चीनको अन्नबालीको उत्पादन मात्राले विगत १९ वर्षदेखि रेकर्ड सिर्जना गर्दै आएको छ।

राष्ट्रपति सीले भने, ‘हामीले गरिबी मुक्तिको उपलब्धिलाई सुदृढ पारी ग्रामीण क्षेत्रको उत्थानलाई चौतर्फी रुपमा अघि बढाएका छौँ। हामीले कर घटाउने लगायत अनेकन् कदम चालेर चिनियाँ व्यवसायीहरुको कठिनाइलाई समाधान गरी सर्वसाधारणका कठिन समस्याको समाधानका लागि सक्दो प्रयास गरेका छौँ।’ कोरोना महामारी देखापरेयता जनताको जीवन‌लाई प्राथमिकता दिएर वैज्ञानिक तथा उचित रुपमा महामारीको प्रतिरोध तथा नियन्त्रण गरेको पनि बताए।

सीले भने, ‘हामीले स्थिति बमोजिम महामारीको प्रतिरोधात्मक कदममा सुधार गरी सबैभन्दा ठूलो हदमा जनताको जीवन सुरक्षा तथा स्वास्थ्यको संरक्षण गरेका छौँ। अथक प्रयास गरेपछि हामीले पहिले नभएको कठिनाइ र चुनौती जितेका छौँ। यो हर एक चिनियाँका लागि सजिलो होइन। हाल म‌हामारी नियन्त्रण नयाँ अवधिमा पुगेको छ। तथापि कठिन अवस्थामा रहेको छ। सबैले अथक प्रयास गरिरहेका छन्।’

एकजुट भएर काम गरेपछि मात्र सफलता प्राप्त हुने भन्दै उनले उज्यालो भविष्यका लागि सबैलाई अझै प्रयास गर्न आग्रह पनि गरेका छन्। उनले यसै वर्ष निधन भएका पूर्वराष्ट्रपति च्याङ च मिनको सम्झना गर्दै उनको उपलब्धि तथा आदर्श आचरणको गहन रुपले पछ्याउँदै नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी कार्यलाई लगातार रुपमा अघि बढाउनुपर्ने पनि औँल्याए।

सीले बेइजिङ हिउँदे ओलम्पिक र पाराओलम्पिक खेलको सफल आयोजना तथा खेलाडीले प्रतियोगितामा रोचक प्रदर्शन गरी उत्कृष्ट उपलब्धि हासिल गरेको उल्लेख गरे।

चिनियाँ अन्तरीक्ष स्टेसनको निर्माण भइरहेको छ। सन चौ १३,१४ र १५ अन्तरीक्ष यान रिले रुपमा प्रक्षेपण गरिएको छ। सीले भने, ‘हाम्रो अन्तरीक्ष घर अन्तरीक्षमा स्वतन्त्र रुपमा उडेको छ।’

आजको चीन प्रेरक शक्ति भरिएको चीन हो। चीनको अर्थतन्त्रको निहित शक्ति ठूलो छ भने त्यसको पूर्ण प्रेरक शक्ति छ। आउने समयमा दीर्घकालीन अवधिसम्म चीनको आधारभूत आर्थिक स्थितिको राम्रो विकास प्रवृत्ति कायम रहनेछ।’

सन् २०२२ मा चिनियाँ जनमुक्ति सेनाको ९५ औँ वर्षको स्थापना दिवस मनाइएको‌ उल्लेख गर्दै व्यापक अफिसर तथा जवान चिनियाँ सेना शक्तिशाली बन्ने प्रक्रियामा अघि बढेको बताए। चीनको तेस्रो विमानवाहक पानीजहाज, पहिलो ठूलो ढाँचे विमान सी ९१९ को ‌‌‌‌‌‌औपचारिक सुरुवात तथा पाई ह थान जल विद्युत स्टेसनको सञ्चालनसँगै विश्वमा चिनियाँको शक्ति देखाएको पनि औँल्याए।

राष्ट्रपति सीले भने, ‘इतिहासको लामो नदीमा सानदार लहर हुन्छ। पुस्तौँपुस्ताका चिनियाँहरुको अथक प्रयासले वर्तमान चीनको सिर्जना भएको छ। वर्तमान चीनको समृद्ध हुने सपना निरन्तर रुपमा पूरा भएको छ। आजको चीन प्रेरक शक्ति भरिएको चीन हो। चीनको अर्थतन्त्रको निहित शक्ति ठूलो छ भने त्यसको पूर्ण प्रेरक शक्ति छ। आउने समयमा दीर्घकालीन अवधिसम्म चीनको आधारभूत आर्थिक स्थितिको राम्रो विकास प्रवृत्ति कायम रहनेछ।’

उनले एक देश दुई व्यवस्थाको पालनासँगै हङकङ र मकाउको दीर्घकालीन अवधिसम्म समृद्धि तथा स्थिर विकास हुने पनि बताए। ताइवान दुई किनार एउटै परिवार भएर दुई किनारका देशबन्धुहरूले हातमा हात मिलाएर संयुक्त रूपमा चिनियाँ जातिको हितकल्याणको सिर्जना गर्ने आशा रहेको पनि औँल्याए।

कूटनीतिको प्रसंगमा उनले आजको चीन विश्वसँग घनिष्ट रूपमा जोडिएको चीन भएको उल्लेख गरे। उनले भने, ‘आजको चीन विश्वसँग घनिष्ठ रूपमा जोडिएको चीन हो। यस वर्ष मैले पैचिङमा धेरै पुराना र नयाँ साथीलाई स्वागत गर्नुका साथै विदेशमा गएर चीनको प्रस्तावको जानकारी दिएँ। विश्व स्थिर नभएकोले हामीले सधैँ नै शान्ति र विकासमा उच्च ध्यान दिनुका साथै हाम्रा साथी र साझेदारीलाई धेरै महत्त्व दिएर दृढताका साथ उचित इतिहासका साथमा उभिएका छौँ।’

सदा शान्ति र विकासमा उच्च ध्यान दिनुका साथै मानव जातिको सभ्यताको प्रगति गर्ने पक्षमा उभिएको तथा मानव जातिको शान्ति र विकास कार्यमा चिनियाँ बुद्धि र चिनियाँ प्रस्ताव प्रदान गरिरहेको पनि औँल्याए।

आफ्नो नयाँ वर्षको सन्देशमा पुरानो वर्षको बिदाइ गरेर नयाँ वर्षको स्वागत गर्दा वर्षौँदेखि चीन राष्ट्रको परम्परागत सद्गुणको सम्झना गरी अघि बढ्ने विश्वास लिएको पनि बताए।

साथै एक सय वर्षको समयमा चिनियाँ कम्युनिस्ट पार्टीले धेरै कठिनाइको सामना गर्दै गाह्रो बाटो हिँडेको औँल्याए। पुराना पुस्ताका पार्टी सदस्यहरूको भावनात्मक शक्तिको अनुभव गरेको औँल्याउँदै पहिलेको भावनालाई बिँडो थामेर सक्दो प्रयास गरी भविष्यको चीनलाई अझै राम्रो र चमत्कारको सिर्जना गर्न सकिने बताए।

उनले १ अर्ब ४० करोडभन्दा बढी चिनियाँहरूले एउटै विचार लिएर एउटै ठाउँमा शक्ति आर्जन गरेमा कुनै पनि चुनौतीको सामना गर्न कठिन नभएको बताउँदै चीनको आशा युवाहरूको काँधमा रहेको औँल्याए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =