जनमत पार्टी मधेस प्रदेश संसदीय दलको नेतामा यादव

हिमाल प्रेस १६ पुष २०७९ २०:३१ | Saturday, December 31, 2022
जनमत पार्टी मधेस प्रदेश संसदीय दलको नेतामा यादव

जनकपुरधाम– जनमत पार्टी मधेस प्रदेश संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन भएका छन्। उनी सप्तरी २ (ख) बाट निर्वाचित हुन्।

यस्तै प्रमुख सचेतकमा चन्दन कुमार सिंह, सदस्य सचिवमा शम्भु साह र कोषाध्यक्षमा भाग्यश्री कुमारी चौधरी चयन भएका छन्। जनमत पार्टीले मधेस प्रदेशमा समानुपातिक र प्रत्यक्ष गरी १३ सिट जितेको छ। १३ सिटमा जित निकाल्दै जनमत पार्टी मधेस प्रदेशको चौथो ठूलो दल बनेको हो।

केन्द्र सरकारमा नयाँ समीकरण बनेसँगै मधेश प्रदेशमा बन्ने सरकारमा यादव जनमत पार्टीबाट मधेस प्रदेशका मुख्यमन्त्रीका दाबेदार हुन्।

प्रकाशित: १६ पुष २०७९ २०:३१ | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast