विमानस्थल उद्घाटनका लागि पोखरामा आइतबार सार्वजनिक बिदा

हिमाल प्रेस १६ पुष २०७९ १४:१२
6
SHARES
विमानस्थल उद्घाटनका लागि पोखरामा आइतबार सार्वजनिक बिदा तस्बिरः रासस

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार (भोलि) उद्घाटन गरिने भएको छ। विमानस्थल उद्घाटनका दिन आइतबार पोखरामा सार्वजनिक बिदा दिइने भएको छ। पोखरा महानगरपालिकाले सूचना जारी गर्दै विमानस्थल समुद्घाटन समारोहमा व्यापक जनसहभागिता रहोस् भन्ने उद्देश्यले महानगरअन्तर्गतका सबै शाखा, महाशाखा, वडा कार्यालय तथा मातहतका शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको जनाएको छ।

आइतबार बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ। काठमाडौँबाट बिहान साढे १० बजे हिमालय एयरलाइन्सको एयरबस पोखरा अवतरण हुने र सोही दिन अन्तर्राष्ट्रिय उडान नहुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =