सदर चिडियाखानाले मनायो २७ औं वार्षिकोत्सव

हिमाल प्रेस १४ पुष २०७९ १९:०३
6
SHARES
सदर चिडियाखानाले मनायो २७ औं वार्षिकोत्सव

ललितपुर– राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले यस वर्ष ६ सय ८२ जीवजन्तुको उद्धार गरेको जनाएको छ। चिडियाखानाको २७ औं वार्षिकोत्सवका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा हालसम्म चिडियाखानाले ४ हजार ५ सय ३४ वन्यजन्तु उद्धार गरी व्यवस्थापनसमेत गरिसकेको जनाएको हो।

२७ औं वर्षमा चिम्पाञ्जी प्रदर्शनी राखिएको, डिजिटल टिकट काट्ने व्यवस्था लगाएतका काम भएको चिडियाखानाले जनाएको छ। कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्ण ओलीले चिडियाखाना हालसम्मको व्यस्थापन राम्रो देखिएको र यसलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए।

उनले सूर्यबिनायकमा आधुनिक चिडियाखाना निर्माणको अवधारणा ल्याइएको तर जावलाखेलको चिडियाखाना भने सार्ने काम नहुने जानकारी दिए। कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चिडियाखानाको थप व्यवस्थित रूपमा विकास गर्नु पर्ने आवश्यकता रहेको बताए।

०५२ साल पुष १४ गते तत्काली राजा वीरेन्द्र शाहको जन्मोत्सवका अवसरमा देशको एकमात्र चिडियाखानाको व्यवस्थापनको जिम्मा सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको थियो। ६ हेक्टर क्षेत्रफलमा फैलिएको सदर चिडियाखनामा हाल १ सय १४ प्रजातिका जीवजन्तु प्रदर्शनीमा राखिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =