सुदूरपश्‍चिममा सांसदको शपथ शुक्रबार, सिँगारियो प्रदेशसभा भवन

हिमाल प्रेस १४ पुष २०७९ १६:४५
12
SHARES
सुदूरपश्‍चिममा सांसदको शपथ शुक्रबार, सिँगारियो प्रदेशसभा भवन सुदूरपश्‍चिम प्रदेशसभाको रोस्टम। तस्बिर- हिमाल प्रेस

धनगढी– सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले शुक्रबार पद तथा गोपनियताको शपथ लिने भएका छन्। दिउँसो १:३५ बजे सपथ ग्रहण गराउने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

संविधानको धारा १८२ को उपधारा ९५०, प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ बमोजिम निर्वाचित प्रदेशसभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले प्रदेशसभाको अध्यक्षता गर्ने व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराउने तयारी पुरा भएको सचिवालयले जनाएको छ।

दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावललाई सपथ ग्रहण गराइने प्रदेश प्रदेश प्रमुख कार्यालयका सचिव शैलेशराज ढुंगानाले बताए। ६८ बर्षिय रावल अछाम क्षेत्र २ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका हुन्। शपथ ग्रहण गर्ने ५२ जनामध्ये ६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने सूचना प्राप्त भएको सचिवालयले जनाएको छ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित ५ र नेपाली कांग्रेसतर्फ समानुपातिक निर्वाचित १ गरी ६ जनाले स्थानीय भाषामा पद तथा गोपनीयताको शपथ लिने भएका हुन्।

नागरिक उन्मुक्तिबाट कैलाली १ (क) बाट निर्वाचित कैलाश चौधरी, (ख) बाट निर्वाचित लक्ष्मण किशोर चौधरी, २ (ख) बाट निर्वाचित रामेश्वर चौधरी, ३ (क) बाट निर्वाचित घनश्याम चौधरी र (ख) बाट निर्वाचित खुसीराम डगौरा थारुले थारु भाषामा शपथ लिने छन्।

कञ्चनपुरबाट कांग्रेसकी समानुपातिक प्रदेशसभा सदस्य गीताकुमारी चौधरीले पनि थारु भाषामा शपथ लिने सूचना प्राप्त भएको सचिवालयले जनाएको छ।

सांसदहरूलाई शपथ ग्रहण गराउनका लागि यतिबेला प्रदेशसभाको भित्री र बाहिरी संरचनाको सरसफाइ र शृंगार गरिएको छ। रोस्टम, भवन परिसरका बगैंचा, चमेना गृह, सवारी पार्किङस्थल, विशिष्ट पाहुना कक्षमा र‌ंगरोगन गरी खानेपानी, बिजुली सबैको मर्मत सम्भार सकिएको सचिवालयले जानकरी गराएको छ।

                                                                                                                                                                                                                                                                                                                                                                                                                                                               तस्बिरहरू-पदमराज भट्ट/हिमाल प्रेस
प्रकाशित: १४ पुष २०७९ १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =