ब्राउन सुगरसहित चार जना पक्राउ

हिमाल प्रेस १३ पुष २०७९ १८:१९
6
SHARES
ब्राउन सुगरसहित चार जना पक्राउ प्रतीकात्मक तस्बिर।

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित चार जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका १८ वर्षीय मोहन रासकोटी, वडा नं ७ का २३ वर्षीय सुरज गौली, वडा न.१० का २४ वर्षीय सुशील चौधरी र १८ वर्षीय राजन सार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बुदबुदीस्थित दिदी-बहिनी कटेजमा लागू औषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेर आठ पुरिया ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ लागूऔषधसहित चार जनालाई पक्राउ गरेको उनले बताएका छन्। सूचना अधिकारी कार्कीका अनुसार पक्राउ परेका चारै जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ पुष २०७९ १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =