प्रधानमन्त्री प्रचण्डले सम्हाले कार्यभार

हिमाल प्रेस ११ पुष २०७९ १९:४८
34
SHARES
प्रधानमन्त्री प्रचण्डले सम्हाले कार्यभार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन्। सोमबार (आज) अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।

सो क्रममा उनले संविधानको अधिनमा रहेर देश र जनताको विकासका लागि महत्त्वपूर्ण काम गर्ने बताएका छन्। प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो तेस्रो कार्यकाल हो। यसअघि उनी दुईपटक ९/९ महिना प्रधानमन्त्री बनेका थिए।

उनलाई नेकपा एमालेसहित ७ वटा राजनीतिक दलका १ सय ६९ सांसदको समर्थन छ। संविधानको धारा ७६ (२) अनुसार आइतबार राष्ट्रपतिबाट प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

प्रकाशित: ११ पुष २०७९ १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =