नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशमा नै चयन गर्‍यो दलको नेता

हिमाल प्रेस १० पुष २०७९ १८:२९
4
SHARES
नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशमा नै चयन गर्‍यो दलको नेता

धनगढी– नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा संसदीय दलको नेतामा पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीलाई चयन गरेको छ। काठमाडौँमा आइतबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो। यस्तै दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुण कुमार चौधरीलाई चयन गरेको छ।

प्रदेशमा को-को

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा रामेश्वर चौधरी, प्रमुख सचेतक लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गरेको छ। लुम्बिनी प्रदेशसभा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई छनोट गरेको छ भने मधेस प्रदेशसभामा उर्मीला सिंहलाई संसदीय दलको नेतामा छनोट गरेको पार्टी महासचिव रतन थापाले बताए।

नागरिक उन्मुक्तिले प्रदेशतर्फ प्रत्यक्षमा ७ सिट जितेको छ। सुदूरपश्चिम प्रदेशमा समानुपातिकसहित ७, लुम्बिनी प्रदेशमा समानुपातिकसहित ४ र मधेसमा १ गरी जम्मा १६ सिट जितेको हो। पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४ सिट जितेको छ।

पार्टीकै समर्थनमा बर्दिया २ बाट निर्वाचित स्वतन्त्र सांसद लालवीर चौधरी हालै नागरिक उन्मुक्ति​ पार्टी प्रवेश गरेको पनि महासचिव थापाले जानकारी दिए। टीकापुर घटनाका मुख्य दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी यो पार्टीका संरक्षक हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =