सरकार गठनका लागि गठबन्धनले राष्ट्रपतिसँग थप समय माग्‍ने

हिमाल प्रेस ९ पुष २०७९ १९:१३
26
SHARES
सरकार गठनका लागि गठबन्धनले राष्ट्रपतिसँग थप समय माग्‍ने बालुवाटारमा बसेको गठबन्धन दलको बैठक। फाइल तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– सत्तारुढ गठबन्धनले सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसँग थप समय माग्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रपतिसमक्ष थप ५ दिन समय माग गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।

राष्ट्रपतिले गत साता (पुस ३ गते) दलहरूलाई सरकार गठनका लागि १ साताको समय दिएकी थिइन्। उक्त समयाविध आइतबार (भोलि) सकिँदै छ। राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा रहेका दलहरूले बहुमत जुटाएर प्रधानमन्त्रीको नाम बुझाउन समय दिए पनि गठबन्धनमा रहेका दलले प्रधानमन्त्री छान्न नसकेपछि थप समय माग गर्नुपर्ने स्थिति आएको हो।

प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणाम आएको एक महिनाभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री दाबी गरेपछि सहमति जुट्न सकेको छैन। संसदमा ठूलो पार्टी भएकाले कांग्रेसले प्रधानमन्त्रीको दाबी गर्दै आएको छ भने माओवादीले पनि प्रधानमन्त्रीमा दाबी गर्दै आएको छ। गठबन्धनको बैठक बालुवाटारमा जारी छ।

प्रकाशित: ९ पुष २०७९ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =