सरकारबारे छलफल गर्न आज पनि तीन नेता जुट्दै

हिमाल प्रेस ८ पुष २०७९ ८:५६
6
SHARES
सरकारबारे छलफल गर्न आज पनि तीन नेता जुट्दै

काठमाडौँ– सत्ता समीकरणबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता आज शुक्रबार पनि छलफलमा जुट्दैछन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुट्न लागेका हुन्।

तीन नेता नयाँ सरकार गठनको विषयमा ‘प्याकेज’मै सहमति गर्ने भन्दै छलफल जारी राखेका छन्। तीन नेताबीच बिहीबार साँझ पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो। छलफलमा देउवा र नेपालसँग प्रचण्डले पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने र सबैले सहयोग गर्नुपर्ने प्रस्ताव राखेका थिए। देउवाले पनि आफैँ प्रधानमन्त्री हुने अडान दोहोर्‍याइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 6 =