सरकार बनाउन सहयोग हुन्छ : रवि लामिछाने

हिमाल प्रेस ७ पुष २०७९ १४:५२
8
SHARES
सरकार बनाउन सहयोग हुन्छ : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने संकेत गरेका छन्।  आज बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ ग्रहण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफू नेतृत्वको पार्टीलाई प्रतिपक्षमै बस्ने मत आए पनि सरकार बन्नै नसक्ने अवस्था आए सहयोग गर्ने बताएका छन्।  सरकार बन्नै नसक्ने अवस्था आयो भने राष्ट्रिय स्वतन्त्र पार्टीले सहयोग गर्ने बताएका हुन्।

‘अहिलेको अवस्था हेर्दा कसैको बहुमत पुग्ने अवस्था छैन। यस्तो अवस्थामा सरकार बन्नै सकेन भने सरकारमा जान पनि सक्छौँ,’ उनले भने, ‘हामीलाई जनमत भने प्रतिपक्षमा बस्ने गरी आएको छ। २० सिट त छ हामीसँग।’

भ्रष्टाचार नियन्त्रणको मुद्दा लिनेसँग सहकार्य हुने पनि बताए।

प्रकाशित: ७ पुष २०७९ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =