प्रचण्डले आज कोटेश्‍वरमा सम्बोधन गर्दै

हिमाल प्रेस १ मंसिर २०७९ ११:३९
प्रचण्डले आज कोटेश्‍वरमा सम्बोधन गर्दै

काठमाडौँ- सत्तारुढ गठबन्धनले आज काठमाडौँमा बृहद चुनावीसभा गर्दैछ। गठबन्धनको काठमाडौँ क्षेत्र नम्बर २ चुनाव परिचालन समितिको आयोजनामा अन्तिम चुनावीसभा हुन लागेको हो।

अपराह्न २ बजे कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर २ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

४ मंसिरमा हुने निर्वाचनका लागि काठमाण्डौँ २ मा गठबन्धनबाट पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती तथा प्रदेशसभा (क) मा काँग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल उम्मेदवार छन्।

प्रकाशित: १ मंसिर २०७९ ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =