‘गोर्खा वारियर’को फर्स्ट लुक पोस्टर सार्वजनिक

हिमाल प्रेस १४ मंसिर २०७९ ११:४३
54
SHARES
‘गोर्खा वारियर’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ- फिल्म ‘गोर्खा वारियर’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। फिल्मका तीनवटा पोस्टर बाहिरिएका छन्।

जसमा विजय लामा, रितेश चाम्स, रियर राईलगायत कलाकार अटाएका छन्। सत्य घटनामा आधारित फिल्ममा सन् १९४९ को समयको कथा देख्न पाइनेछ।

मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा युद्धमा गोर्खा सैनिकले देखाएको बहादुरीको कथा समेटिएको छ। फिल्म सन् २०२३ मा प्रदर्शनमा आउनेछ।

फिल्ममा विजय लामा, रितेश चाम्स, रियर राई। रेविका गुरुङ, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, सारा राईलगायत कलाकारको अभिनय छ।

प्रकाशित: १४ मंसिर २०७९ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =